काठमाडौं । चट्ट परेको पोशाक र खाइलाग्दा ज्यानमा सजिने प्रधानमन्त्री बालेन शाहलाई यतिबेला देश र जनताको मायाभन्दा सामाजिक सञ्जालको ‘भ्युज’ र ‘लाइक’ को प्यारले चुर्लुम्मै डुबाएको छ। सिंहदरबारबाट देश सञ्चालन गर्न र नीतिगत निर्णय लिन छाडेर फेसबुक र टिकटकमा हराएका बालेनलाई सोसियल मिडियामा भ्युज अलिकति मात्र घट्यो भने १०४ डिग्रीको कडा ज्वरो आउन थाल्छ।
काठमाडौँका सञ्चार गृहहरूमा बर्दीधारी प्रहरी छिराएर प्रेस स्वतन्त्रता खोस्ने, बिचौलिया काण्ड ढाकछोप गर्ने र लगातार ३ सातासम्म मन्त्रिपरिषद् बैठक समेत बोलाउन नसक्ने बालेन सरकारको सुशासनको नारा पूर्ण रूपमा हावादारी साबित भएको छ। देशमा बाढी, बेरोजगारी र आर्थिक संकटले जनता छटपटाइरहँदा प्रधानमन्त्री भने केवल भ्युज बढाउने, स्टन्टबाजी गर्ने र भिडतन्त्र चलाउने खेलमै मस्त छन्।

प्रतिक्रिया