विदेशमा समस्यामा परेका नेपालीको उद्धारमा राज्यले प्राथमिकता दिनुपर्छ: विद्यादेवी भण्डारी

विदेशमा समस्यामा परेका नेपालीको उद्धारमा राज्यले प्राथमिकता दिनुपर्छ: विद्यादेवी भण्डारी


काठमाडाै‌ । नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा समस्यामा परेका नेपाली नागरिकको समयमै उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।

प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीको सुरक्षा गर्नु राज्यको संवैधानिक दायित्व भएको र प्रवासी नेपालीको पूँजी, ज्ञान र सीपलाई स्वदेशको विकासमा जोड्न लगानीमैत्री वातावरण र नीतिगत स्थिरता हुनुपर्नेमा जोड दिनुभएको छ।

तीन सातासम्म मन्त्रिपरिषद् बैठक समेत डाक्न नसक्ने administrative paralysis मा फसेको बालेन शाह नेतृत्वको सरकारले एकातिर वैदेशिक रोजगारमा रहेका नेपालीका समस्या समाधानमा चरम गैरजिम्मेवारीपन देखाएको छ भने अर्कातिर सञ्चार गृहमा प्रहरी छिराउने, बिचौलिया काण्ड ढाकछोप गर्ने र निजी क्षेत्रलाई आतङ्कित पार्ने काम गरिरहेको छ।