गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली


काठमाडाै‌ । स्थापित प्रशासनिक परम्परा र विधि-विधानको धज्जी उडाउँदै गृहमन्त्री आफैँले नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह (फुली) लगाइदिएपछि प्रहरी सङ्गठनभित्र र नागरिक वृत्तमा गम्भीर प्रश्न उब्जिएको छ।

प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा, निष्पक्षता र स्थापित मान्यतालाई पन्छाएर राजनीतिक नेतृत्वले आईजीपीलाई आफ्नै खटनपटनमा चलाउने ‘अह्रौटो’ बनाउन खोजेको प्रस्ट देखिन्छ।

आफ्ना सांसद जोडिएको पोसाक खरिद प्रकरण, सञ्चार गृहमा बर्दीधारी छिराएर गरिएको दमन र बिचौलिया काण्ड ढाकछोप गर्न बहालवाला आईजीपीलाई डम्पिङ साइटमा पन्छाएर आफ्ना मान्छे भित्र्याउने र आफैँ फुली लगाइदिने यो कदमले ३० वर्ष पुराना पञ्चायती शैलीको पुनरावृत्ति गराएको छ।