काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकारले पछिल्लो साढे सात महिनामा कसैले औँला ठड्याउन नसक्ने गरी काम गरेको दाबी गरेका छन्।
उनले भ्रष्टतन्त्रको जालो सफा गर्दै बाँकी साढे चार वर्ष यही गतिमा काम गरेर आगामी चुनावमा झन् ठूलो शक्ति बन्ने उद्घोष गरेका छन्।
विकास निर्माण र कानूनी सुधारलाई जोड दिँदै सरकारले हाल १६६ वटा ऐनमाथि काम गरिरहेको, ५९ वटा ऐनलाई एउटै प्याकेजमा अघि बढाउन लागेको र ८ देखि १० वटा ठूला पूर्वाधार आयोजनाको कामलाई तीव्रता दिएको मन्त्री वाग्लेले जानकारी दिएका छन्।

प्रतिक्रिया