दशौं राष्ट्रिय खेलकुदः सबै तयारी पूरा भयो- मन्त्री पोखरेल

दशौं राष्ट्रिय खेलकुदः सबै तयारी पूरा भयो- मन्त्री पोखरेल


काठमाडौं । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताुको सम्पूर्ण औपचारिक तयारी पूरा भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दाबी गरेका छन्।

दुई वर्षदेखि पटक(पटक सर्दै आएको देशकै ठूलो खेलकुद महोत्सवका लागि तीनै तहका सरकारबीच उच्च समन्वय भइरहेको उनले बताए।

मन्त्री पोखरेलका अनुसार आगामी एक साताभित्र रङ्गशाला प्रदेश सरकारको मातहतमा ल्याइनेछ भने विद्यालय र विश्वविद्यालयसँग समन्वय गरी विद्यार्थीलाई खेलकुदमा जोड्ने नीति अघि बढाइएको छ।