काठमाडौ ।
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आइपिओ बाँडफाँड भएको छ ।
४७ हजार ८१० कित्ता खरिदका लागि २४० जना आवेदकहरु र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत ८६हजार ७५० कित्ता खरिदका लागि ४१७ जना गरी जम्मा ६५७ जना आवेदकहरुबाट १ लाख ३४ हजार ५६० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएकोमा १ जना आवेदकको ४० कित्ता शेयर रद्द गरी कूल ६५६ जना आवेदकहरुबाट प्राप्त १ लाख ३४ हजार ५२० कित्ता शेयरका लागि रितपूर्वक दरखास्त प्राप्त भएको थियो ।
६५६ जना आवेदकहरुबाट प्राप्त १ लाख ३४ हजार ५२० कित्ता शेयरका लागि प्राप्त भएको आवेदनहरुमध्ये न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताको दरले १ लाख ३४ हजार ५२० कित्ता बाँडफाँड गरिएको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि गत साउन २९ गते आइपिओ निष्कासन गरेको थियो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्कासन गरेको थियो ।
आइपिओ को नतिजा https://iporesult.cdsc.com.np/ मा गएर हेर्न सकिन्छ ।
प्रतिक्रिया