काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मङ्सिर २६–२८ मा हुने महाधिवेशनका लागि संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ‘पुस्तान्तरण र वैचारिक पुनर्जागरण’ को नारासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। विगतमा विचार नमिल्ने दलहरूसँगको तालमेल र सत्ता सहकार्यका कारण पार्टी कमजोर बनेको स्वीकारोक्तिसँगै नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ।
तर, नेपाली राजनीतिमा ‘पुस्तान्तरण’ को नारा जति चर्को सुनिन्छ, व्यवहारमा दलहरूभित्रको संस्थागत थिति, वैचारिक स्पष्टता र आन्तरिक लोकतन्त्र उति नै कमजोर देखिन्छ। जब पार्टीहरू सिद्धान्त र दीर्घकालीन प्रणालीभन्दा बढी व्यक्तिवादी महत्वाकाङ्क्षा र गुटगत समीकरणमा अल्झिन्छन्— तब अनुहार फेरिए पनि राजनीतिक संस्कृति र कार्यशैली उही पुरानै चक्रमा घुमिरहन्छ।

प्रतिक्रिया