बालेनको भारत भ्रमण : निजी क्षेत्रका ५२ प्रतिनिधि दिल्ली जाँदै

बालेनको भारत भ्रमण : निजी क्षेत्रका ५२ प्रतिनिधि दिल्ली जाँदै


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी व्यवसायी सहभागी हुने भएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भ्रमणका क्रममा ५२ सदस्यीय व्यावसायिक टोली नयाँ दिल्ली जाने जानकारी दिएका हुन् ।

भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा तथा महानिर्देशक डा. गोपालप्रसाद तिवारी छन् । महासंघका कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, सागर ढकाल, नीरज काफ्ले र शिवकुमार अग्रवाल पनि टोलीमा सहभागी हुनेछन् ।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी र राजबहादुर शाह तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि दिल्ली जानेछन् ।

नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुली तथा नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष करण चौधरी पनि व्यावसायिक टोलीमा छन् ।

ऊर्जा तथा निर्माण क्षेत्रबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की, पुष्कर पौडेल र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे सहभागी हुनेछन् ।

त्यसैगरी, निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य र नेपाल कफी व्यवसायी महासंघका उपाध्यक्ष सरोज श्रेष्ठ पनि टोलीमा छन् ।

पर्यटन क्षेत्रबाट होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे दिल्ली जानेछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती पनि टोलीमा सहभागी हुनेछन् ।

यस्तै, नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आइटी) का उपाध्यक्ष विभूषण विष्ट, नेपाल औषधि उत्पादक संघका अर्जुनकुमार श्रेष्ठ, गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठ तथा सचिव दिकिला शेर्पा लामा पनि भ्रमण टोलीमा छन् ।

उद्योगी व्यवसायीमध्ये बीवाईडी गाडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंककी यमुना श्रेष्ठ, आईएमई ग्रुपका सचिन ढकाल र भाटभटेनी ग्रुपका कल्याण गुरुङ पनि दिल्ली जानेछन् । त्यस्तै, विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, जीवानाथ लामिछाने, सञ्जय शाक्य, दीपक थापा, नितेश मालपानी, टुकप्रसाद पौडेल, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास र राजनकुमार बन पनि टोलीमा सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा सहभागी हुने उद्योगी व्यवसायीले आफ्नो भ्रमणको आर्थिक दायित्व आफैँ वहन गर्नुपर्नेछ । मंसिर ६ गते आयोजना हुने नेपाल–भारत बिजनेस फोरमलाई लक्षित गरी दिल्ली जाने हवाई टिकट र होटलको व्यवस्था पनि आफैँ गर्न मन्त्रालयले उनीहरूलाई आग्रह गरेको छ ।