स्थानीय तहको निर्वाचन लडाइँको मुख्य थलो बन्दैछ’: केपी शर्मा ओली

स्थानीय तहको निर्वाचन लडाइँको मुख्य थलो बन्दैछ’: केपी शर्मा ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचन मुख्य प्रतिस्पर्धा अर्थात् ‘लडाइँको थलो’ बन्ने बताएका छन्।

शुक्रबार पार्टी कार्यालयमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनता खुसी हुने वा रिसाउने आधार स्थानीय तहकै कामबाट बन्ने उल्लेख गरे। उनले बितेको पौने चार वर्षमा भएका कमीकमजोरी समयमै सच्याउन जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।