निर्वाचन सुधारमा दलहरूको साथले उत्साह मिल्यो: आयोग

निर्वाचन सुधारमा दलहरूको साथले उत्साह मिल्यो: आयोग


काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन सुधारका लागि राजनीतिक दलहरूको साथ र सहयोगले उत्साह मिलेको बताएका छन्।

शुक्रबार स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी तथा मितिबारे दलका नेताहरूसँग छलफल गरेपछि प्रवक्ता भट्टराईले आसन्न निर्वाचनमा राष्ट्रिय परिचयपत्र भएका मतदाताले सिधै मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी दिए।

साथै, विदेशमा रहेका र अन्तरजिल्लामा बस्ने मतदातालाई मतदानको व्यवस्था मिलाउन कानुनको मस्यौदा तयार भइरहेको आयोगले जनाएको छ।