एनपीएल : फाइनलको टिकट बिक्री खुल्नासाथ दुई लाखले गरे खरिद प्रयास

एनपीएल : फाइनलको टिकट बिक्री खुल्नासाथ दुई लाखले गरे खरिद प्रयास


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले प्रेस विज्ञप्ति जारी गर्दै टिकट बिक्री खुला हुनेबित्तिकै करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ खरिदको प्रयास गरेकाले उपलब्ध टिकट केही मिनेटमै सकिएको बताएका छन् ।

टिकट बिक्री खुला भएको एक मिनेटमै ‘सोल्ड आउट’ देखिएपछि समर्थकले बिक्रीअघि नै टिकट सकिएको भन्दै गुनासो गरेका थिए । क्यानले टिकट नपाएका समर्थकसँग क्षमा माग्दै एनपीएलप्रति देखाएको उत्साहका लागि धन्यवाद दिएको छ ।

तेस्रो संस्करणको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल साँझ ५ बजे सुरु हुनेछ ।