काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले शान्ति प्रक्रिया राज्यले गरेको आधिकारिक प्रतिबद्धता भएकाले सरकार परिवर्तन हुँदैमा त्यसबाट पन्छिन नमिल्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै उनले सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्ग्याउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल गठन गर्न माग गरे।
गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा उन्मुक्ति दिन नसकिने स्पष्ट पार्दै ज्ञवालीले पीडितको सत्य, न्याय, परिपूरण र सम्मान सुनिश्चित गर्न अब ढिलाइ गर्न नहुने बताए।

प्रतिक्रिया