काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही हुँने बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राजनीतिक दलको आडमा राजनीति गर्ने तथा नेताको चाकडी गर्ने राष्ट्रसेवक कर्मचारीलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
कर्मचारीको मूल दायित्व दलको झोला बोक्ने नभई पदीय जिम्मेवारी निर्वाह गर्दै देश र जनताको सेवा गर्नु रहेको उल्लेख गर्दै उहाँले त्यस्तो भ्रम र प्रवृत्ति तत्काल त्याग्न निर्देशन दिनुभएको हो।

प्रतिक्रिया