काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले वरीयताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्दै छन् ।

प्रतिक्रिया