रसुवा-भोटेकोशी बाढीस् १,१९८ नेपाली र ४५२ विदेशी बेपत्ताको सूची सार्वजनिक

रसुवा-भोटेकोशी बाढीस् १,१९८ नेपाली र ४५२ विदेशी बेपत्ताको सूची सार्वजनिक


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको विवरणमा दाबी पेश गर्न दोस्रो पटक ७ दिने सूचना जारी गरेको छ।

प्राधिकरणका अनुसार हालसम्म १७ जिल्लाका १ हजार १ सय ९८ नेपाली र १२ देशका ४ सय ५२ विदेशी नागरिकको विवरण यकिन भएको छ।

सूचीमा परेका व्यक्ति जीवित रहेको वा फेला परेको भए स्वदेशी नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र विदेशी नागरिकले कन्सुलर सेवा विभागमा ७ दिनभित्र दाबी पेश गर्न आग्रह गरिएको छ।