पुरुष फुटबलबाट बाहिरिने पहिलो टोली बन्यो आयोजक कर्णाली

पुरुष फुटबलबाट बाहिरिने पहिलो टोली बन्यो आयोजक कर्णाली


काठमाडौं । घरेलु मैदानमा जारी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाटै बाहिरिएको छ।
सुर्खेतमा आज बिहान सम्पन्न खेलमा गण्डकी प्रदेशसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएसँगै कर्णाली लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको हो।
गण्डकीको जितमा आशिष गुरुङले दुई गोल गरे भने लछु थापा, सुदीप गुरुङ र टेकराज गुरुङले एक–एक गोल थपे। यसअघि मङ्गलबार भएको उद्घाटन खेलमा समेत कर्णाली नेपाल पुलिस क्लबसँग ३–० ले पराजित भएको थियो।
प्रतियोगिताअन्तर्गत आज दिउँसो साढे २ बजे सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।