काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी आफैँ स्कुटर चलाएर काठमाडौँका मासु पसल तथा कोल्ड स्टोरेजको छड्के अनुगमनमा निस्किनुभएको छ।
समाचार अनुसार ललितपुरको जावलाखेलस्थित क्वाटरबाट पछाडि पीएसओ राखेर आफैँ स्कुटर चलाउँदै निस्किनुभएकी मन्त्री चौधरीले काठमाडौँको बालाजुस्थित भ्याली कोल्डस्टोर र सीतापाइलास्थित बुढाथोकी कोल्डस्टोरको अनुगमन गर्नुभएको हो।
मङ्सिर १ गतेदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा कार्यान्वयनमा ल्याइएको ुपशु वधशाला तथा मासु जाँच ऐन, २०५५ु को प्रभावकारिता तथा मासुजन्य वस्तुको स्वच्छता र गुणस्तर बुझ्न मन्त्री चौधरी छड्के अनुगमनमा पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ।

प्रतिक्रिया