अर्बौँ राजस्व जोखिममाः १० दिनभित्र आम्दानी र कर विवरण बुझाउन निर्देशन

अर्बौँ राजस्व जोखिममाः १० दिनभित्र आम्दानी र कर विवरण बुझाउन निर्देशन


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग दूरसञ्चार सेवा दस्तुरसम्बन्धी विवरण माग गरेसँगै कर आधारमै छेडखानी हुन सक्ने आशंका उब्जिएको छ।
प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज मसान्तसम्मको आम्दानी तथा राजस्व दाखिलाको विवरण १० कार्य दिनभित्र बुझाउन सूचना जारी गरेको हो।
तर, फिक्स्ड ब्रोडब्यान्ड सेवाको शुल्कमा ५० प्रतिशतसम्म मर्मतसम्भार शीर्षकमा छुट पाउने प्रावधानको दुरुपयोग गरी कर आधार नै घटाउने जोखिम बढेको जानकारहरूको विश्लेषण छ।
यदि समयमै सूक्ष्म परीक्षण र कडाइ नगरिए राज्यको ढुकुटीमा आउनुपर्ने अर्बौँ रुपैयाँ राजस्व गुम्ने खतरा देखिएको छ।