काठमाडौं । जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने अन्तरदेशीय रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ।
धार्मिक पर्यटन र दुई देशबीचको आवागमन सहज बनाउने उद्देश्यले सुरु हुन लागेको यो साप्ताहिक रेल सेवाका लागि चार श्रेणीमा भाडादर निर्धारण गरिएको छ। जसअनुसार स्लिपर श्रेणीका लागि ३६५, एसी थ्री टियर इकोनोमीका लागि ८८५, एसी थ्री टियरका लागि ९६५ र एसी टु टियरका लागि १ हजार ३६० भारतीय रुपैयाँ भाडा तोकिएको छ।
भारतीय रेल्वेले अनलाइन र काउन्टरमार्फत टिकट बुकिङ खुला गरिसकेको छ भने नेपालतर्फ पनि टिकट बिक्री प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया