काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले मलेसिया वैदेशिक रोजगारी ठगी प्रकरणमा हालका सभामुख तथा तत्कालीन श्रममन्त्री डीपी अर्यालमाथि छानबिन नगरेको भन्दै प्रश्न उठाउनुभएको छ।
रोल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले उक्त अवधिमा सात जना श्रममन्त्री फेरिए पनि सरकारले आफूनिकटका व्यक्तिलाई उन्मुक्ति दिएर फसाउन खोजिएकालाई मात्र छानेर कारबाही गरेको आरोप लगाउनुभएको हो।
सुरुवात गर्ने र बीचका मन्त्रीहरूमाथि छानबिन नगरी फरक मत राख्नेलाई मात्र लक्षित गर्नु सुशासन नभई निर्देशित प्रतिशोध भएको उहाँको भनाइ छ। साथै, पुराना दल र नेतासँग नजिक भएकै आधारमा निजी क्षेत्रलाई समेत तर्साउने काम भइरहेको भन्दै पुनले सरकारको आलोचना गर्नुभएको छ।

प्रतिक्रिया