सम्पादक भेटघाटमा विष्णु पौडेल र शङ्कर पोखरेल खोजिएपछि केपी ओलीको असन्तुष्टि

सम्पादक भेटघाटमा विष्णु पौडेल र शङ्कर पोखरेल खोजिएपछि केपी ओलीको असन्तुष्टि


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटघाटमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलको अनुपस्थितिबारे प्रश्न उठेपछि असन्तुष्टि व्यक्त गर्नुभएको छ।

एमाले प्रचार विभागद्वारा बिहीबार आयोजित भेटघाटको सुरुमै पत्रकारहरूले पूर्वसूचनाका बाबजुद पौडेल र पोखरेल उपस्थित नभएको विषयमा जिज्ञासा राखेका थिए।

जवाफमा अध्यक्ष ओलीले पार्टीमा स्थायी कमिटी र पोलिटब्युरोका अन्य नेता तथा प्रदीप ज्ञवालीलगायतको उपस्थिति रहँदा पनि दुई जनाको मात्र खोजी गरेर पार्टीभित्र अन्तर्विरोध खोज्ने प्रयास गरिएको टिप्पणी गर्नुभयो।

अध्यक्ष भएर बोल्न र सम्पादक भएर सोध्न नपाइने अवस्थाका कारण उहाँहरू नआएको हुनसक्ने ओलीको भनाइ थियो।