पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?


काठमाडौं ।

विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

यो सेयरमा विद्यमान सेयर धनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता सेयर आज असोज ८ गतेबाट बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र धितो पत्र बिक्री प्रबन्धक एनआईसी एसियाको काठमाडौंको थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १४ गतेसम्म तोकिएको छ।