केराबारीका १० शिक्षकले भने-‘दलका झोला बोक्दैनौ ‘

केराबारीका १० शिक्षकले भने-‘दलका झोला बोक्दैनौ ‘


मोरङ ।

केराबारी गाउँपालिकाका १० जना शिक्षकहरुले अबदेखि राजनीतिक दलका कुनै पनि भातृ तथा शुभेच्छुक संस्था त्यागेको घोषणा गरेका छन्।

उनीहरुले शिक्षकहरुका कुनै पनि संगठनमा पनि आवद्ध नरहने घोषणा गरेका छन्।

विद्यालय शिक्षा विधेयकको विरोधमा भएको आन्दोलनका क्रममा सरकार र नेपाल शिक्षक महासंघबीचको सहमतिले शिक्षकहरुलाई धोका दिएको भन्दै उनीहरुले दलीय आस्थाबाटट फाइदा नहुने निष्कर्षसहित आवद्धता त्यागको घोषणा गरेका हुन्।

गाउँपालिकाको आमजुंगी आवसीय विद्यालयका सबै शिक्षकहरुले विज्ञप्ति जारी गर्दै दल र शिक्षकका संगठनहरु गुलाम भएको भन्दै यस्ता संस्थामा बस्नुको औचित्य नरहेको घोषओा गरेका हुन्।

उनीहरुले दलीय आवद्धता त्याग गर्ने घोषणासहित हाल आवद्ध रहेका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाबाट राजीनमा घोषणा गरेका छन्।