नेप्सेमा ५ म्युचुअल फन्डको मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्सेमा ५ म्युचुअल फन्डको मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?


काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ‘एनएमबि ५०’, ‘एनएमबि हाइब्रिड फन्ड एल–१’, ‘प्रभु सेलेक्ट फन्ड’ ‘सानिमा इक्विटी फन्ड’ र ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को नगद लाभांशमा मूल्य समायोजन भएको छ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यिनीहरुको भाउ समायोजन गरेको हो ।

‘एनएमबि ५० र ‘एनएमबि हाइब्रिड फन्ड एल–१ु को कर सहित १५प्रतिशत नगद लाभांश (प्रतिफल)मा भाउ समायोजन गरिएको छ । समायोजन पछि यिनीहरुको मूल्य क्रमशः ९ रुपैयाँ ७७ पैसा र ९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

एनएमबि ५० र हाइब्रिड फन्डको बुधबारको अन्तिम कारोबार मूल्य क्रमशः ११ रुपैयाँ २७ पैसा र ११ रुपैयाँ ३४ पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।