आइपिओ निष्कासन गर्दै नेपाल वेयरहाउजिङ

आइपिओ निष्कासन गर्दै नेपाल वेयरहाउजिङ


काठमाडौं ।

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले साढे १३ करोडको आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरमा १३ करोड ६५ लाख रुपैयाँबराबरको कुल १३ लाख ६५ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई असोज १० गते आइपिओ निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीले पहिलो चरणमा कुल सेयर संख्याको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीका लागि जारी गर्नेछ। त्यसपछि बाँकी आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडको रहेको छ। कम्पनीको हालको चुक्तापुँजी ५५ करोड रहेको छ । साधारण निष्कासनबाट १३ करोड ६५ लाख जुटाइने कम्पनीले जनाएको छ।