नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा


काठमाडौं ।

नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख ९९ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

यो सेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र चितवनको रत्ननगर–१ टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।