नेप्सेमा पहिरो, कारोबार रकम पनि घट्यो

नेप्सेमा पहिरो, कारोबार रकम पनि घट्यो


काठमाडौं ।

आइतबार नेप्से परिसूचक ३३ अंकले घटेर १९७१ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा ६७ लाख २३ हजार ४०० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजारको कारोबार भएको छ ।

आज १० कम्पनीको शेयरमूल्य बढ्दा २२० कम्पनीको शेयरमूल्य घटेको छ ।

आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ३।३२ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स उपसूचक २.१७ प्रतिशतले घटेको छ ।

शेयर बजार दोहोरो अंकले घटेसँगै आजदेखि दोस्रो बजारमा कारोबारमा आएको सिटिजन लाइफको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज कुल १४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसका साथै, एनआईसी एशिया बैंकको नौ करोड ३५ लाख रुपैयाँ, सन नेपाल लाइफको छ करोड तीन लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको पाँच करोड ४० लाख र शिवम् सिमेन्टको चार करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।