८ लाख मूल्य पर्ने १ सय थान वाकिटकी बरामद

८ लाख मूल्य पर्ने १ सय थान वाकिटकी बरामद


सप्तरी ।

सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो ।

प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए ।

बरामद रेडियो सेट आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ ।