प्यारामाउन्ट मोटर्स प्रा.लिको भक्तपुरमा दोस्रो शोरुमसहित एमजीको शोरुम विस्तार

प्यारामाउन्ट मोटर्स प्रा.लिको भक्तपुरमा दोस्रो शोरुमसहित एमजीको शोरुम विस्तार


काठमाडौं ।

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले भक्तपुरमा दोस्रो एमजी शोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले भक्तपुर गठ्ठाघरमा आफ्नो दोस्रो शोरुम थप्दै नेपालभर फैलिएका १३ आउटलेटहरूको सञ्जालमा सेवा बढाएको हो ।

शोरुमको उद्घघाटनबारे बोल्दै प्यारामाउन्ट मोटर्सका जिएम सचिन अर्यालले भने, ‘दोस्रो एमजी शोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रष्ट पारेको छ । ग्राहकहरूले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा हामी धेरै नै उत्साहित छौं ।’

हाल देशभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन् । सन् २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनको संख्या ५० सम्म पुर्‍याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ ।

जहाँ आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने, एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसनहरु स्थापना गरिने कम्पनीले जनाएको छ । त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेका छन् ।