ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध


धादिङ।

ट्रकको ठक्करबाट धादिङमा २ विद्यार्थीको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा आज बिहान ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार ट्रकको ठक्करबाट दुबै बिधार्थीको घटनास्थलमा नै मृत्यु भएको हो । उनका अनुसार ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका आफान्तले यतिखेर पृथ्वी राजमार्ग अबरुद्ध गरिरहेका छन् ।

काठमाडौंमा समान पुरयाएर मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले उनीहरुलाई आज बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ । धादिङ प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका– ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन । उनीहरु बागेश्वरी मावि मलेखुमा कक्षा ८ मा अध्ययनरत थिए ।

दुर्घटनापछि आक्रोशित मृतकका आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका हुन् । अबरूद्द सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजन र ट्रक प्रहरी नियन्त्रणमा छन् ।