काठमाडौं ।
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संहिता पहाडीलाई दिइएको छ।
प्रबन्धक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै सोमबारदेखि टेलिकमको प्रबन्ध निर्देशक पद रिक्त भएको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो।
पहाडीले पनि आफूले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाएको स्वीकार गरिन्। जिम्मेवारी पाएसँगै उनले आमग्राहक वर्गको सेवालाई गुणस्तरीय बनाउँदै सेवा प्रभावको काममा कुनै कमजोरी हुन नदिने बताइन्।
पहाडी पौडेललाई प्रबन्ध निर्देशक नियुक्ति दिँदाको एक प्रतिस्पर्धी समेत हुन्। टेलिकम प्रबन्ध निर्देशक नियुक्तिकै समयमा सरकारले टेलिकमभन्दा बाहिरको र विवादित व्यक्तिलाई जिम्मेवारी दिएको भन्दै विरोध समेत भएको थियो।
तर पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा नेसनल पेमेन्ट गेटवे प्रणालीको जडानमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको हो।
प्रतिक्रिया