शाइन रेसुङ्गाको सेयर बिक्रीमा

शाइन रेसुङ्गाको सेयर बिक्रीमा


काठमाडौं ।

शाइन रेसुङ्गा विकास बैंक लिमिटेडले सेयर बिक्रीमा राखेको छ ।

बैंकले प्रुडेन्सिययल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि को स्वामित्वमा रहेको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित मिति (असोज १८) ले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, बुटवल ११ कालिकानगर, रुपन्देहीमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।