कजरिया रमेश टायल्स उद्योलाई ३ बैंकले ३ अर्ब लगानी गर्ने

कजरिया रमेश टायल्स उद्योलाई ३ बैंकले ३ अर्ब लगानी गर्ने


काठमाडौं।

कजरिया रमेश टायल्स उद्योगमा लगानी जुटेको छ। यो उद्योगमा एभरेष्ट बैंकको अगुवाईमा ३ अर्ब लगानी जुटेको हो।

बिहीबार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सदेश खालिङ र कम्पनीमा लगानी गरिरहेको रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले सहवित्तीयकरण सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका छन्। यो उद्योगमा नविल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकले लगानी गर्नेछन्। नवलपरासीमा रहेको उद्योग चार अर्ब लगानीको हो।

उद्योगबाट सन् २०२४ को मार्चबाट उत्पादन सुरु हुनेछ।

यो कम्पनीमा रमेश कर्प र कजरियाले ५०५० प्रतिशत लगानी गरेका छन्। भैरहवामा १० बिघा जग्गामा उद्योगको पूर्वाधारको काम धमाधम भइरहेको छ।

रमेश कर्प पछिल्लो समयमा लगानी एग्रेसिभरूपमा विस्तार गरिरहेको समूह हो। सिमेन्ट, जलविद्युत, वायर तथा केबल, कन्ट्रक्सन टुल्स, मोबाइल फोन लगायतमा लगानी छ। यो बाहेक बैंक, बीमा, खानी, सूचना प्रविधि, रियल स्टेट लगायतका क्षेत्रमा पनि लगानी छ। उनका अनुसार ग्रीनफिल्ड प्रोजेक्टमा वार्षिक ८ लाख वर्गमिटर टायल्स उत्पादन गर्ने प्लान्ट हुनेछ। उद्योगबाट सेरामिक र भिट्रिफाइड टायल्स उत्पादन हुनेछ।

कजरिया गुणस्तर र इनोभेसनका लागि अब्बल मानिन्छ। त्यही प्रविधि र गुणस्तरका टायल्स नेपालमा पनि उत्पादन हुने रमेश कर्पमा उपाध्यक्ष गुप्ता दाबी गर्छन्।

कजरियाले नेपालको बजार राम्रो देखेर संयुक्त लगानी गरेको हो। संयुक्त लगानीमा हस्ताक्षर गर्दा कजरियाका सेरामिक्सका संयुक्त प्रबन्ध निर्देशक अशोक कजरियाले भनेका थिए( ‘नेपाल हाम्रा लागि सधैं महत्त्वपूर्ण बजार भएको छ। हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौं र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउने छ। हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रूपमा उपलब्ध गराउन चाहन्छौं।’

कजरिया सेरामिक्सलाई भारतमा सेरामिकरभिट्रिफाइड टायल्सको सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग मानिन्छ।कजरियाको भारतमा आठवटा उत्पादन कम्पनी छन्, जुन उत्तर प्रदेशको सिकन्दराबाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा छन्।

३४ वर्ष पहिले स्थापना भएको कजरियाले सेरामिक वाल र फ्लोर टाइल्सहरूका तीन हजारभन्दा बढी डिजाइन र प्रकार उत्पादन गर्दै आएको छ।