हुम्लामा जिप दुर्घटना, ९ जना घाइते

हुम्लामा जिप दुर्घटना, ९ जना घाइते


हुम्ला ।

हुम्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

हुम्ला सदरमुकाम सिमकोटबाट बडगाउँ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

सिमकोटको मानसरोवर नमुना माध्यमिक विद्यालय नजिकै बा २१ च ७३५३ को जिप सडकबाट करिब ६० मिटर तल खस्दा सिमकोट वडा नम्बर २ र ३ का वडा अध्यक्षसहित जिपमा सवार ९ जना स्थानीय घाइते भएको हुम्ला प्रहरीले जनाएको छ ।

बडगाउँमा आयोजित कार्यक्रममा सहभागी हुन वडाध्यक्षसहितका प्रतिनिधि जिपमा सवार रहेको बताइएको छ ।