नेप्सेमा ३५ अंकको पहिरो

नेप्सेमा ३५ अंकको पहिरो


काठमाडौं ।

कारोबारको पहिलो दिन आज नेप्से परिसूचक ३५ अंकले घटेर १९२१ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा ५८ लाख १५ हजार १८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड १७ लाख ६६ हजारको कारोबार भएको छ । आज १६ कम्पनीहरुको शेयरमूल्य बढेतापनि २१३ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । आइतबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.७२ प्रतिशतले घटेको छ ।

त्यस्तै, होटल तथा पर्यटन उपसूचक २.३५, जीवन बीमा उपसूचक २.२८ र इन्भेष्टमेन्ट उपसूचक २.०१ प्रतिशतले घटेको छ ।