दसैँमा उपत्यकामा ड्रोनबाट निगरानी राखिने

दसैँमा उपत्यकामा ड्रोनबाट निगरानी राखिने


काठमाडौं ।

प्रहरीले काठमाडौं उपत्यकामा दसैँलक्षित विशेष सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्थालाई कडा बनाउने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्रीले उपत्यकाका विभिन्न भिडभाड हुने स्थानमा पर्याप्त जनशक्तिको व्यवस्था गरी उच्च प्रविधिमार्फत सीसीटीभी,ड्रोन र गोप्रोबाट सुरक्षा निगरानी बढाउने बताएका हुन् ।

चाडपर्वमा हुने विभिन्न अपराधीक घटनालाई मध्यनजर गरी प्रविधिको सहायतामा नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिथप गरी पहिलोपटक प्रविधिमैत्री सुरक्षा दिन प्रहरीले तयारी गरेको उनको भनाई छ ।

उनले भने, ‘यात्रुहरूको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । भिडभाड बढी हुने स्थानहरुमा सीसीटिभी र ड्रोन लगायत उच्च प्रविविधको पहिलो पटक प्रयोग गरी उपत्यकामा सुरक्षा निगरानी गर्ने क्रममा छौ । ड्रोनबाट भीडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौं ।’

काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको खत्रीले जानकारी दिए । उनले उपतयकाको बसपार्क वरपर निगरानी गर्न आज मात्रै ३५ जना जनशक्ति खटाएको र बाँकी ५० को संख्यामा पनि थप गर्ने तयारी रहेको बताए ।
सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरू भइसकेको छ ।