कारोबारमा आयो हाथवे इन्भेस्टमेन्टको सेयर

कारोबारमा आयो हाथवे इन्भेस्टमेन्टको सेयर


काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेस्टमेन्ट नेपालको आइपिओ सूचीकृत भएको छ।

कम्पनीको २ करोड ३४ लाख कित्ता साधारण सेयर मंगलबार सूचीकृत भएको थियो। सूचीकृतसँगै यसको सेयर आज (बुधबार)देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको छ।

सो कम्पनीको पहिलो कारोबारमा प्रतिकित्ता.९५.०९ देखि २८५.२७ रुपैयाँ ओपन रेन्ज तोकेको छ। सोही मूल्य रेन्जका आधारमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ।

हाथवे इन्भेस्टमेन्ट सर्वसाधारण सेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित २९ लाख ३६ हजार २५ कित्ता सेयर सूचीकृत गरेको थियो।

यस्तै, कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको २ करोड ४ लाख ७५ हजार कित्ता गरेर कुल २ करोड ३४ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको थियो। कम्पनीको स्टक सिम्बोल एचएटीएचवाई हो।