ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


काठमाडौं ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज असोज २४ गते बुधबार अन्तिम दिन हो । फन्डले असोज २५ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, बुधबारसम्म कायम इकाईधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् ।

यसले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा छ ।

जसअनुसा यसले कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्नेछ ।

यो ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड हो ।