ओछ्यानमै मृत भेटिए प्रहरी चौकीका इन्चार्ज

ओछ्यानमै मृत भेटिए प्रहरी चौकीका इन्चार्ज


विराटनगर ।

धनकुटाको एक प्रहरी चौकीका इन्चार्ज सुतेकै अवस्थामा मृत भेटिएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिकामा रहेको मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक ४१ वर्षीय प्रकाश चौधरी मृत अवस्थामा भेटिएका हुन् ।

कोठामा सुतेको अवस्थामा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।मोरङ घर भएका उनलाई ओछ्यानमा घोप्टो परेर सुतेको अवस्थामा फेला पारिएको थियो ।

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनका अनुसार मृत्युको कारण खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।