गाउँघरमा देखिन छाड्यो पिङ

गाउँघरमा देखिन छाड्यो पिङ


काठमाडौँ ।

विगतका वर्षहरुमा दशै लागेसँगै गाउँका युवाहरु पिङ हाल्न जुट्ने गर्थें । तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेको छ । पिङ हालेको देखेपछि दसैँ आयो भन्ने अनुभूति हुन्छ ।

वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । गाउँघरमा दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ । विशेष गरी पिङको दशैमा छुट्टै महत्व छ ।

केही वर्ष पहिला जिल्लाका विभिन्न स्थानमा पिङ देखिन्थे । दसैँ मनाउनका गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर, विस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ ।

पहिला-पहिला दसैँ आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोलि त्यस्तो क्रम घट्दै गएको देखिन्छ । विगतका वर्षमा प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि निकै काम मात्रै पिङ देखिन्छ ।