दसैँमा मासु कसरी र कति खाने ?

दसैँमा मासु कसरी र कति खाने ?


काठमाडाैँ ।

दसैँ भन्ने वित्तिकै मासु प्राय सवैको घरमा पाक्ने गर्छ । प्रास दसैंको बेला धेरै भन्दा धेरै मासु खाने पनि गरिएको हुन्छ । आफ्नो घरमा होस् या त आफन्तको या साथिभाईकोमा पनि मासु खाने गरिएको हुन्छ ।

मासु मात्रा मिलाएर खाएमा त्यसले फाइदा पनि गर्छ । तर, त्यही मासु ज्यादा खाएमा त्यसले हानी पनि गर्छ । प्रास मासु खानेहरुले दसैंको बेलामा बढी मात्रामा मासु खाने गरेको पनि हुन्छन् ।

तर, के तपाईलाई थाहाँ छ ? दसैंको बेला मासु कसरी र कति खाने ? भन्ने कुरा । सायदै तपाईँहरु मध्ये धेरैलाईलाई थाहा नहुन सक्छ । आउनुहोस् आज हामी तपाईलाई दसैँको बेला मासु कति, कसरी र कस्तो मासु खाने भन्ने कुरा सिकाउछौँ ।

कसरी खाने मासु ?

दसैको बेला मासु खादा धेरैको रोजाई रातो मासु नै हुन्छ । तर चिकित्सकहरु भने रातो मासु भन्दा सेतो मासु खानलाई सुझाव दिने गरेका छन् । माछा र सेतो मासु खादा नै स्वस्थ्यलाई फाईदा हुन्छ । रातो मासु खानै परे थोरैभन्दा थोरै खाने गरेमा त्यसले तपाईलाई विभिन्न रोगबाट बचाउन सक्छ ।

कति खाने माछा-मासु ?

दसैँको बेला माछा-मासु खाने कुनै लिमिट हुँदैन । विहान खाजा, दिउसो खाना र खाजा र फेरी बेलुका पनि मासु नै खाने गरेका हुन्छौँ । त्यसले गर्दा हामीलाई अपच हुने, दिसा राम्रो नलाग्ने, पेटमा ग्यास भरिने जस्ता कुराहरु हुने गर्छ ।

तर, तपाईले मासुको मात्रा मिलाएर खानु भयो भने त्यस्तो समस्या हुँदैन । माछा-मासु तल दिए जति खानु भयो भने तपाईलाई त्यस्तो समस्या हुँदैन ।

-रोतो मासु २ देखि ३ टुक्रा ।
-माछा २ देखि ३ टुक्रा ।
-सेतो मासु बढीमा ५ टुक्रा ।
-अन्डा १ देखि २ वटासम्म ।
-घाम र धूवाँमा सुकाएको मासु नखाने ।
-सामान्य फ्रिजमा राखिएको मासु दुई/तीनपछि नखाने ।

दसैँमा अरु के-के खाने ?

अपवाद बाहेक ३६५ दिनमा ३६० दिन एकै किसिमका खानेकुरा खाने नेपाली परम्परा नै हो । त्यसैले चाडबाडमा त हो भनेर पेटले मागुञ्जेल खाने नेपालीको बानी पूरानै हो । तर, त्यसरी खाँदा रोगको सिकार भइन्छ भनेर ध्यान दिनुपर्छ ।

चाडबाडमा रमाइलो गरेर जीवनभरि पछुताउनु राम्रो होइन । रगतमा चिल्लो मात्रा बढी भएकाले पेटभरि मासु खाँदा बाँचुञ्जेल दुःख पाउन सक्छन् । दीर्घरोगीले मात्र होइन, स्वस्थ मानिसले समेत मासु खान सावधानी अपनाउनुपर्छ ।

पछिल्लो समय खाद्यवस्तु दूषित हुनेक्रम बढेको छ । तसर्थ, यो वा त्यो खानुहोला भन्दा अर्को अर्थ लाग्ला । तर, प्रत्येक छाकमा चारखालका परिकार पाकेमा सम्बन्धित खानेकुरा खानेलाई फाइदा हुने न्युटिसनिस्ट लम्सालको भनाइ छ ।

प्रत्येक छाकमा हुनैपर्ने

-अन्न वा कन्दमुल ।
-सागपात वा फलफूल ।
-गेडागुडी ।
-पशुपन्छीजन्य स्रोतका खानेकुरा ।

प्रत्येक छाकमा उल्लिखित खानेकुरा मिलाए सम्बन्धित खानेकुरा खानेको स्वास्थ्य सन्तुलनमा रहन सक्छ । उसलाई पोषक तत्व कमी हुँदैन ।