आँगनमा खेलिरहेकी बालिकालाई चितुवाले घिसार्दै १० मिटर पर पुर्याएपछि…

आँगनमा खेलिरहेकी बालिकालाई चितुवाले घिसार्दै १० मिटर पर पुर्याएपछि…


तनहुँ ।

चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते भएकी छन् ।

आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी बर्ष ६ की प्रनिशा गौली घाइते भएको प्रहरीले जनाएको छ ।

शनिवार साँझ ६ः४५ बजे आफ्नै घरको आँगनमा खेलिरहेकी उनलाई चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

घर देखि १० मिटर लगेको अवस्थामा निजकै वुवाले थाहा पाई तत्काल उद्धार गरेको प्रनाउ खाँडले जानकारी दिए ।

घाइते बालकको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सत्र सय तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले जानकारी दिए ।