आज युरोपको मुल्य झन्डै १४० रूपैयाँ, अन्यको कति ?

आज युरोपको मुल्य झन्डै १४० रूपैयाँ, अन्यको कति ?


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमवारका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजनिक गरेको छ ।

जसअनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दरमा १६० रुपैयाँ तथा बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९३ रुपैयाँ रहेको छ, भने बिक्री दर १३३.५३ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिद दर १३९.७२ रुपैयाँ तथा बिक्री दर १४०.३५ रुपैयाँमा कारोबार हुनेछ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४४ रुपैयाँ र बिक्री दर १६२.१७ रुपैयाँले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८३.६४ रुपैयाँ रहेको छ, भने बिक्री दर ८४.०२ रुपैयाँ रहेको छ । त्यस्तै क्यानेडियन डलर खरिद दर ९७.३१ र बिक्रीदर ९७.७६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ रहेको छ, भने बिक्री दर ३५.६० रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ र बिक्री दर २८.२४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।