नेप्से ओरालो यात्रा जारी, आज २३.१६ अङ्कले घट्यो

नेप्से ओरालो यात्रा जारी, आज २३.१६ अङ्कले घट्यो


काठमाडौँ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरालो लागेर ३५५ दशमलब ७४ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका ४८ लाख ३७ हजार ८९३ कित्ता शेयर १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको ६ करोड २४ लाख ७६ हजार आठ सय ९३ बराबरको कारोबार भयो । हाथवे इन्भेस्टमेन्ट नेपालको ५ करोड २७ लाख २ हजार ७५९, सिटिजन लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाख २३ हजार दुई सय ६८, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५८ लाख २९ हजार ५८४ र एनआइसी एशिया बैंकको ३ करोड ४३ लाख ३५ हजार६४१ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७ दशमलव ८७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ७ दशमलव ३१, सुपर मादी हाइड्रोपावर ४ दशमलव ०४, कालीञ्चोक दर्शन लिमिटेड ३ दशमलव ९७ र सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टको शेयर मूल्यमा १० प्रतिशतले गिरावट हुँदा नकारात्म्क सर्किट लागेको छ । नबिल ब्यालेन्स फण्ड दोस्रो ९ दशमलव ३१, मिड सोलु हाइड्रोपावर ९ छ । घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ७७ प्रतिशतले गुमाएका छन् ।