आधिकांश पम्पमा छैन पेट्रोल !

आधिकांश पम्पमा छैन पेट्रोल !


काठमाडौं ।

काठमाडौँ उपत्यकासहित देशैभरका पम्पहरूले आफूहरूलाई ‘जानकारी नै नदिई’ एक्कासि मूल्य घटाएको भन्दै निगमलाई दबाब दिन पेट्रोल बिक्री रोकेका छन् ।

सोमबार पुर्वका आधिकांश पेट्रोलपम्पले पेट्रोल छैन भन्दै फर्काएका छन् । सिन्घुली, उदयपुर, झापाका प्राय पेट्रोलपम्प बन्द गरिएको छ भने आधिकांश डिपोमा पेट्रोल छैन भनेर लामो दुरीका लागि हिडेका गाडीलाई फिर्ता पठाइएको छ ।

एकै पटक प्रतिलिटर ११ रुपैयाँले पेट्रोलको भाउ घटाएको र विक्रेताहरूलाई जानकारी नै नगरी मनखुशी मूल्य घटाएको भन्दै सरकालाई दबाब दिन बिक्री रोकेको पम्प सञ्चालकहरूको भनाई छ ।

व्यवसायीले भने पेट्रोल पम्प निरन्तर घाटामा रहेको उचित मूल्य कायम नगरुन्जेल सटर नखोल्ने चेतावनी दिएका छन् ।

नेपाल आयल निगमले बजारमा पर्याप्त आपूर्ति रहेको बताएको छ । आयल निगमले तेल वितरण नगरेको र बजारमा अभाव भएको भन्ने कारणबाट उपभोक्ताले तेल नपाउने अवस्था सत्य नभएको दाबी गरेको छ । चाडपर्वलाई लक्षित गरेर बजारमा प्रशस्त मात्रामा पेट्रोल बिक्री गरिरहेकाले अहिले बजारमा अभाव हुनै नसक्ने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गरेको थियो ।

निगमको निर्णय अनुसार डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँले घटाउने सहमति गरेको थियो।