गाउँपालिकाले कैदीबन्दीलाई दियो २ वटा खसी र चिउरा

गाउँपालिकाले कैदीबन्दीलाई दियो २ वटा खसी र चिउरा


हेटौँडा ।

मकवानपुरको कैलाश गाउँपालिकाले विजयादशमीको उपलक्ष्यमा मकवानपुरको भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ ।

पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बुधबार कारागार भीमफेदी पुगेर कैदीबन्दीहरुलाई दसैँ मनाउन दुई वटा खसी, चिउरा र तेल हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष मुक्तानले कारागारमा रहे पनि सांस्कृतिक पर्व दसैँमा शुभकामना आदानप्रदानसँगै भ्रातृत्वको सम्बन्ध स्थापित गर्न र कैदीबन्दीमा सकारात्मक भावना जागृत गराउन खसी र खाद्यान्न उपलब्ध गराइएको बताए ।

२ वटा पुरुष ब्लक र एउटा महिला ब्लक रहेको कारागारमा एक हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र दुई जना आश्रित नाबालक छन् ।