नेपाल लाइफ इन्स्योरेन्सको टिकटक प्रतियोगिता, प्रथम हुनेलाई ३० हजार नगद पुरस्कार

नेपाल लाइफ इन्स्योरेन्सको टिकटक प्रतियोगिता, प्रथम हुनेलाई ३० हजार नगद पुरस्कार


काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । कम्पनीले तिमी यो दशैंमा के गर्छौरु नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

तिमी यो दशैंमा के गर्छौरु नामक यस टिकटकको जिङ्गल https://vt.tiktok.com/ZSN6GFKjC/ मा ९ सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ ।

हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

प्रथम हुनेलाई नगद ३० हजार, द्वितियलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक जो–कोहीले यहि कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् ।