जलविद्युतको अलपत्र तालमा कुल्चिदा करेन्ट लागेर वृद्धको मृत्यु

जलविद्युतको अलपत्र तालमा कुल्चिदा करेन्ट लागेर वृद्धको मृत्यु


बागलुङ ।

बागलुङमा करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार बिहान अलपत्र परेको तारमा कुल्चिदा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार काउलेमा ६२ वर्षीय भाजबिर नेपालीको मृत्यु भएको हो । उनका अनुसार काउलेबाट धुवाखोरतर्फ जाने गोरेटो बाटोमा हिंड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

निसीखोला दोस्रो जलविद्युत आयोजनाबाट लगिएको विजुलीको तार भुईंमा लत्रिएको र सोही तारमा कुल्चिंदा करेन्ट लागेर नेपालीको घटनास्थलमै मृत्यु हुन पुगेको हो ।