आइपिओ बाँडफाँड गर्दै भिजन लुम्बिनी

आइपिओ बाँडफाँड गर्दै भिजन लुम्बिनी


काठमाडौं ।

भिजन लुम्बिनी उर्जा कम्पनीको आइपिओ मंसिर ५ गते मंगलबार बाँडफाँड हुने भएको छ।

कम्पनीले कात्तिक १६ गतेदेखि कात्तिक २० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ मंगलबार बाँडफाँड गर्ने तयारी रहेको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

कम्पनीले स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो।

सीडीएस एन्ड क्लियरिङका अनुसार अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जना आवेदकले १ अर्ब ३५ करोड ७६ लाख १६ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन्। जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ६.५४ गुणा बढी हो ।