घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १५ हजार ७५० रूपैयाँ तोकिएको छ।

यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । हिजो १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ५०मा कारोबार हुने महासंघले जनाएको छ ।